नेपाल एयरलाइन्सले सिड्नी–काठमाडौँ सिधा उडान भर्ने
प्रकाशित मितिः1 year ago

सिड्नी । लामो समयको प्रतिपक्षापछि सिड्नी–काठमाडौँ सिधा हवाई उडान सुरु हुने भएको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले अष्ट्रेलियाको सिड्नी उडानको अनुमति पाएसँगै सिधा उडान हुने निश्चित भएको हो । नेपाल एयरलाईन्सले हप्ताको दुईदिन बिहीबार र शनिबार उडान भर्ने गरि सिड्नी विमानस्थलबाट अनुमति पाएको बताईएको छ ।निगमले उडान स्वीकृतिका लागि आवश्यक विवरण अस्ट्रेलियन सिभिल एभिएसनलाई बुझाएको थियो । एयरलाइन्सले सिङ्गापुरको ट्रान्जिटमा काठमाडौँदेखि सिड्नी उडान गर्ने निमगले जनाएको छ ।

निगमले हाल यात्रु सेवाका लागि जनरल सेल्स एजेन्ट (जिएसए) र खानपान कम्पनीहरू र सिंगापुर र सिड्नी एयरपोर्टहरूका लागि इन्धन आपूर्तिकर्ता र मेन्टेनन्स, मर्मत र ओभरहाल (एमआरओ) प्रदायकहरू छनौटको कार्य गरिरहेको जनाएको छ । पहिलो चरणमा सिड्नीमा मात्रै उडान र अवतरण हुने भएपनि, विस्तारै त्यसलाई बढाउँदै लैजाने निगमको योजना रहेको छ ।

हालै मात्र, अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले नेपाल भ्रमण गर्दै दुई देशका नागरिकलाई सिधा हवाई मार्फत जोड्न अस्ट्रेलिया आतुर रहेको बताएका थिए । सिधा हवाई उडान भएपछि, अस्ट्रेलियाका विभिन्न राज्यमा बस्ने एकलाख ३० हजार भन्दा बढी नेपाली र अस्ट्रेलियन पर्यटकहरुलाई सहज हुने अपेक्षा गरिएको छ ।

(Visited 13 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services