विश्वकप छनौटमा नेपाल कठिन समूहमा
प्रकाशित मितिः2 years ago

सिड्नी । अर्को महिना जिम्बाबेमा आयोजना हुने एकदिवसीय विश्वकप छनौटमा नेपाल कठिन समूहमा परेको छ । तथापी, नेपालले सुपर सिक्समा पुग्ने पहिलो लक्ष्य लिएको छ । छनोटमा नेपालले पहिलो खेल घरेलु टोली जिम्बावेसँग खेल्ने भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्वकप छनोटको समूह विभाजन र खेल तालिका मंगलबार सार्वजनिक गरेको छ । जसमा नेपाल तुलनात्मक रुपमा कठिन समूहमा परेको छ । समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र औमान छन् ।

प्रतियोगिता असार ३ देखि २४ अर्थात (जुन १८ देखि जुलाई ९) सम्म जिम्बावेमा हुनेछ । नेपालले पहिलो खेल जुन १८ मा जिम्बावेसँग खेल्नेछ । नेपालले त्यसको एक दिनपछि असार जुन २० मा अमेरिकासँग खेल्नेछ । त्यस्तै, नेपालले जुन २२ मा वेस्टइन्डिजसँग खेलेपछि, समूह चरणको अन्तिम जुन २४ मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

यदी समूह चरणमा शीर्ष तीनमा पर्न सके नेपालले सुपर सिक्समा स्थान बनाउनेछ । सुपर सिक्समा हरेक समूहबाट शीर्ष तीन टोली आउनेछन् । सुपर सिक्समा सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् । भारत, अष्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, बंगलादेश र दक्षिण अफ्रिकाले भने सिधैं विश्वकपमा स्थान बनाएका छन् ।

यदि नेपाल सुपर सिक्समा स्थान बनाउन नसके प्लेअप खेल्नेछ । फाइनल भने असार २४ (जुलाई ९) मा हरारे स्पोर्ट्स क्लबमा हुनेछ । नेपालले भने प्रतियोगिताको लागि २२ सदस्य प्रारम्भिक टोली घोषणा गरेको छ ।

नेपाल एक सातापछि अन्तिम टोली घोषणा गर्दै दक्षिण अफ्रिका जानेछ । दक्षिण अफ्रिकामा नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग अभ्यास खेल खेल्नेछ । हालसम्म वेस्टइन्डिज र स्कटल्यान्डले प्रतियोगिताको लागि अन्तिम टोली घोषणा गरेका छन् ।समूह बी तुलनात्मक रुपमा सहज देखिन्छ । किनभने आईसीसीको वर्गीकरणअनुसार उपल्लो प्रतियोगिता सुपर लिग खेलेका दुई टिममात्र यो समूहमा छन् । श्रीलंका र आयरल्याण्ड सुपर लिगबाट आएका हुन् भने लिग टूको उपाधि विजेता स्कटल्याण्ड र उपविजेता ओमानले यो समूहबाट खेल्नेछन् । प्रतियोगिता सुरु हुनुअघि नेपालले ओमान र युएईसँग वामअप खेल खेल्ने समेत तय भएको छ ।

(Visited 18 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services