मेलबर्नमा कार दुर्घटनामा नेपाली दम्पत्तिको निधन
✍ नेपाली न्यूज
प्रकाशित मितिः1 year ago

सिड्नी । अष्ट्रेलियाको मेलबर्नमा सडक दुर्घटनामा परेर नेपाली दम्पत्तिको ज्यान गएको छ । मेलबर्नको कउलफिल्ड क्षेत्रमा दम्पत्ति सवार कारलाई तिब्र गतिमा आएको बीएमडब्लु कारले ठक्कर दिदा उनीहरुको ज्यान गएको भिक्टोरिया प्रहरीले जनाएको छ ।

भिक्टोरियाको कउलफिल्डस्थित एक चोकबाट देब्रे मोडिदै गरेको नेपाली चढेको कारलाई दाईने तर्फको मुख्य सडकबाट आएको कालो रङको बीएमडब्लु कारले १५ मे को राती पौँने ११ बजे ठक्कर दिएको बताईएको छ । बीएमडब्लुको ठक्करबाट पल्टिएको होन्डामा सवार दुई जनाकोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक नेपाली दम्पत्ति नेपालस्थित बुटवलका रहेको एनआरएनए भिक्टोरियाका संयोजक हरी खड्काले जानकारि दिए ।

(Visited 92 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services