टुँगो लाग्यो, विश्वकप छनौट खेल्ने दश टोली
प्रकाशित मितिः1 year ago

सिड्नी । टेस्ट मान्यता प्राप्त राष्ट्र आयरल्यान्डले विश्वकप सुपर लिगको शीर्ष ८ मा रहेर सिधै विश्वकप खेल्ने अवसर गुमाएसँगै, ग्लोबल छनोटमा सहभागी हुने १० देशको टुंगो लागेको हो । सुपर लिगको अन्तिम सिरिजको, पहिलो खेलमा बर्षाका कारण खेल रद्द भए पछि बंगलादेशसँग अंक बाडेको आयरल्यान्डले सिधा विश्वकप छनोटको अवसर गुमाएको हो ।

पाहुना टोलीले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको घरेलु टोली आयरल्याण्डले ३ विकेट गुमाएर ६५ रन बनाउँदा बर्षाका कारण खेल रोकिएको थियो ।रोकिएको खेल पुन: सुरु नभए पछि दुवै टोलीले अंक बाडेका थिए । आयरल्यान्डले छनोट खेल्ने भएपछि दक्षिण अफ्रिकाले सिधै विश्वकपमा स्थान बनाएको छ ।

आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनका लागि जिम्बावेमा आयोजना हुने विश्वकप छनोट खेलमा १० राष्ट्रले सहभागीता जनाउदै छन् । प्रतियोगितामा आयोजक जिम्बाबे सहित, आयरल्याण्ड, श्रीलंका, वेस्टइन्डिज, नेदरल्याण्ड्स, नेपाल, स्टकल्याण्ड, ओमान, युएई र अमेरिका रहेका छन् । आइसीसी विश्वकप लिग २ मा शानदार प्रर्दशनका साथ ग्लोबल क्वालीफायरमा स्थान बनाएको नेपाल अब कुन समूहमा पर्ला ? भन्ने उत्सुकता उत्पन्न भएको छ ।

विश्वकप छनोट आगामी १८ जुन देखि ९ जुलाई सम्म आयोजना हुनेछ । भारत,पाकिस्तान,अस्ट्रेलिया,न्युजिल्यान्ड,बंगलादेश,इंग्ल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिका सिधै विश्वकपका लागि छनोट भएका छन् भने ग्लोबल क्वालीफायरबाट शीर्ष २ टिमले विश्वकपमा स्थान बनाउनेछन् ।विश्वकप छनोटमा लिग टू बाट शीर्ष तीनमा रहँदै नेपाल, स्कटल्यान्ड र ओमानले क्वालीफायर खेल्न लागेका हुन भने गत महिना सम्पन्न ६ देश सम्मिलित विश्वकप प्लेअफ क्वालिफायरबाट अमेरिका र युएई शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा हुन् ।

यसैबीच, ग्लोबल क्वालीफायरको तयारी स्वरुप नेपाली क्रिकेट टोलीले दक्षिण अफ्रिकाको भ्रमण गर्न सक्ने जनाईएको छ । जहाँ नेपालले केहि अभ्यास खेल खेल्ने तयारी भएको छ । नेपाल क्रिकेट संघ क्यानले आधिकारिक रुपमा दक्षिण अफ्रिका भ्रमण बारे अहिलेसम्म कुनै जानकारी नदिएपनि, क्यान स्रोतका अनुसार नेपाली टोलीले दक्षिण अफ्रिकामा अन्तिम तयारी गर्नेछ ।

(Visited 45 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services