नामिबियामा दोहोरिएला खुशी ?
✍ गोपाल छन्त्याल
प्रकाशित मितिः2 years ago

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले आइसीसी विश्वकप लिग २ अन्र्तगत नामिबिया र स्टकल्याण्डसँग त्रिकोणात्मक सिरिजका लागि नामिबियाको भ्रमणमा रहेको छ । नामिबिया भ्रमणमा रहँदा नेपाली टोलीलाई सन् २०१८, फ्रेवअरी १४ को ऐतिहासिक दिनको स्मरण भने पक्कै हुनेछ । नामिबियाको उही मैदानमा नेपालले डिसेम्बर २ देखि ८ तारिखसम्म घरेलु टोली नामिबिया र स्कटल्याण्डसँग समान २/२ खेल खेल्नेछ । सन् २०१८ मा आईसीसी डिभिजन २ मा नेपालले लिग चरणको निर्णायक खेलमा क्यानडालाई १ विकेटले पराजित गर्दै, विश्वकप छनौटमा स्थान बनाएको थियो भने सोही विश्वकप छनौटमा पपुवा न्यूगिनीलाई पराजित गर्दै ऐतिहासिक रुपमा एकदिवसीय मान्यता प्राप्त गरेको थियो, त्यसैले, अहिले नेपालले खेलीरहेको आईसीसी विश्वकप लिग २, पनि, नामिबियामा क्यानडा माथि प्राप्त उक्त जितले संभव भएको थियो ।

यदी नेपालले उक्त निर्णायक खेल गुमाएको खण्डमा विश्वकपमा छनौटमा स्थान बनाउन सक्ने थिएन् भने, एकदिवसीय मान्यता पाउने कुनै संभावना हुदैनथ्यो । क्यानडासँगको उक्त खेल किन पनि महत्वपूर्ण र चर्चित छ भने, नेपालले १ सय ९५ रनको विजयी लक्ष्य पछ्याउँदा, १ सय ४४ रन जोड्दा ९ विकेट गुमाईसकेको थियो तर, अन्तिम विकेटका लागि करण केसी र सन्दीप लामिछानेले अविजित ५१ रनको साझेदारी गर्दै नेपाललाई विजयी बनाएका थिए ।नेपालको जितमा करण केसी नायक बने । करणले सन्दिप लामिछानेसँग लोभलाग्दो आक्रामक पारी खेल्दै नेपाललाई जित दिलाएका थिए । ३१ बलको सामना गरेका उनले ३ चौका र चार छक्को मदतमा नटआउट ४२ रनको ऐतिहासिक योगदान दिए ।अन्तिम ओभरमा नेपाललाई ६ बलमा ८ रन चाहिएको थियो र क्रिजमा करण थिए । लगातार चार बल उनले रन जोड्न सकेनन् । तर, पाँचौं बल छक्का हान्दै जितको आश जगाए ।

अर्को बल बाइड भएसँगै नेपालको खातामा एक रन थपियो र दुबै टिमको स्कोर बराबर भयो । अब अन्तिम बलमा मात्र एन रन चाहियो, जुन करणले सहजै पुरा गरे र नेपाललाई डिभिजन टूको फाइनलसँगै विश्वकप छनोटमा पुर्‍याएका थिए ।यसअघि, नेपालले सुरुवातमा नराम्रो झड्का व्यहोरेको थियो । २२ रन जोड्दा महत्वपूर्ण २ विकेट गुमायो । ज्ञानेन्द्र मल्ल ९ रनमा आउट भएपछि कप्तान पारस खड्का व्याटिङमा आएका थिए तर, उनी पहिलो बलमै आउट हुन पुगे ।

दिलिनाथले दिपेन्द्र सिंह ऐरीसँग मिलेर तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरे । तेस्रो विकेटका रुपमा दिलिप नाथ आउट भए । उनले ४१ रन बनाए ।
थप एक रन जोड्दा शरद भेषावकर एक रनमै आउट भए । पाँचौं विकेटका रुपमा दिपेन्द्र सिंह ऐरी व्यक्तिगत १८ रनमा आउट हुँदा टिमको स्कोर ८१ रन थियो । त्यसपछि आरिफ र रोहितले पारी सम्हाल्ने प्रयास गरेका थिए ।  सन् २०१८ मा जस्तै, यसपटक पनि नेपाल निकै संकटमा रहेको छ । लिगका ३६ मध्ये २० सकिँदा नेपाल सात देश सम्मिलित अँकतालिकाको छैठौं स्थानमा रहेको छ । नेपाललाई एकदिवसीय मान्यता जोगाईराख्न, बाँकी खेलमा धेरै भन्दा धेरै जित आवश्यक छ, यस्तो परिस्थितिका बीच के नेपालले सन् २०१८ को जस्तो खुशी फर्काउन सक्ला ?

(Visited 45 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services