दुई सातापछि युएईसँग सिरिज
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

सिड्नी । नेपालले घरेलु मैदानमा युएईसँग तीन एकदिवसीय सिरिज खेल्दै नामिबिया भ्रमणको अन्तिम तयारी गर्ने भएको छ । आइसीसी लिग २ अन्र्तगत, डिसेम्बर पहिलो सातादेखि नामिबिया र स्कटल्याण्डसँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नुअघि, घरेलुमैदानमा बलियो प्रतिस्पर्धी तथा हाल अस्ट्रेलियामा जारी टि ट्वान्टी विश्वकपमा सहभागिता जनाएको टोली युएईसँग सिरिज खेल्दा नेपालको मनोबल उच्च बन्नेछ । नामिबिया भ्रमण लगत्तै नेदरल्याण्डस् पनि नेपालमा थप सिरिज खेल्न आउने संभावना रहेको क्यानले जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले युएईसँग खेल्ने तीन सिरिजको मिती र खेलतालिका सार्वजनिक गरेको हो ।
नेपालले पहिलो खेल कार्तिक २८ अर्थात (नोभेम्बर १४) मा पहिलो खेल खेल्नेछ । नेपालले दोस्रो खेल कार्तिक ३० (नोभेम्बर १६) मा र तेस्रो तथा अन्तिम खेल मंसिर २ (नोभेम्बर १८) मा खेल्नेछ । सबै खेल टियु मैदानमा बिहान ९ बजेबाट सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।नेपालले आइसिसी विश्वकप लिग–२ अन्र्तगत नामिबियामा त्रिकोणात्मक एकदिवसीय सिरिजकौ तयारी स्वरुप युएईसँग सिरिज खेल्न लागेको हो । नेपालले डिसेम्बरमा नामिबिया भ्रमण गर्दै । जहाँ नेपाल, नामिबिया र स्कटल्यान्डबीच सिरिज हुनेछ । नेपालले डिसेम्बर २ र ७ तारिखमा नामिबिया र डिसेम्बर ४ र ८ तारिखमा स्टकल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल हाल विश्वकप लिग–२ मा ८ मा जित र ११ मा हार सहित १७ अंकका साथ छैटौं स्थानमा छ । ओमान ३६ खेलमा २१ जित र १३ मा हार सहित शीर्ष स्थानमा छ । स्कटल्यान्ड २८ खेलमा १९ मा जित र ७ मा हार सहित ४० अंकका साथ दोस्रो स्थानमा छ ।अमेरिका ३२ खेलमा १३ मा जित र १६ मा हार सहित तेस्रो स्थानमा छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ चौथो स्थानमा छ । नामिबिया २२ खेलमा १३ मा जित र ९ हार सहित पाँचौं स्थानमा छ । पपुवा न्युगिनी २४ खेलमा २ मा जितसहित पुछारमा छ । नेपालले अव विश्वकप लिग–२ मा १६ खेल खेल्न बाँकी छ । यसैबीच, नेपाल नामिबिया भ्रमणबाट फर्के लगत्तै नेदरल्याण्डस्को राष्ट्रिय टिम नेपाल आउने संभावना रहेको छ । नेदरल्याण्डस अहिले विश्वकपमा व्यस्त रहेका कारण यो सिरिजमा सहभागि नभएको क्यानले जनाएको छ । युएईसँगको सिरिजका लागि क्यानले केहि दिनभित्रै राष्ट्रिय टिमको कप्तान नियुक्त गर्ने जनाएको छ ।

(Visited 62 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services