नेपाली भवन निर्माणार्थ भिक्टोरिया सरकारद्धारा ३ लाख डलर अनुदान
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 years ago

सिड्नी । अस्ट्रेलियाको भिक्टोरिया राज्य सरकारले मेलर्वनमा नेपालको अस्ट्रेलियन बहुसाँस्कृतिक केन्द्र (एएनएमसी) करिब ३ लाख डलर अनुदान प्रदान गरेको छ । एएनएमसीका अध्यक्ष राजेश आचार्यले केन्द्रको भवन निर्माणर्थ भिक्टोरिया सरकारले २ लाख ८१ हजार ५ सय ८७ अस्ट्रेलियन डलर अनुदान प्राप्त भएको जानकारी दिए । एएनएमसीले आफ्नै जग्गामा भवन बनाउन राज्य सरकार समक्ष अनुदानको लागी प्रस्तावना पेश गरेको थियो। उक्त प्रस्तावनालाई स्वीकृत गर्दै भिक्टोरियाको बहुसाँस्कृतिक मन्त्री रोस स्पेन्सरले अनुदानका लागि प्रस्ताबलाई स्वीकार गरेको जानकारी गराएकी थिइन् ।

नेपाली समुदायको कला संस्कृति र परम्परा झल्किने गरि डुन्कास लेनमा एएनएमीसीले आफ्नै जग्गामा भवन निर्माणको प्रक्रिया अघि बढाएको छ । केन्द्रको योजना अनुसार, अपागंमैत्री एक साझा भवन बनाउने छ, जसमा बुद्धको स्तुपा, हिन्दु मन्दिर, ध्यान केन्द्र बनाउने योजना छ। त्यस्तै लगायत एकैपटक २ जना सम्म जान मिल्ने गरी सार्वजनिक शौचालय, लगायत पुर्ननिमार्णका कामहरु गर्नुपर्नेछ । मन्त्री स्पेन्स्ले भिक्टोरिया सरकारले बहुसाँस्कृतिक समुदायलाई सहयोगको कार्यक्रम अन्तर्गत नेपाली समुदायको संस्कृति जर्गेना गर्ने र सामाजिक सद्भाव बढाउनको लागी आर्थिक सहयोग अनुमोदन गरिएको भन्दै बधाई दिएकी छन्।

(Visited 63 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services